Nrb

 (४) कुनै बैंक तथा वित्तीय संस्थाहरुबीच अन्तर बैंक कारोबार अन्तर्गत दिएको सापटी वा अर्को बैंक वा वित्तीय संस्थामा राखेको निक्षेप समयमा असुल उपर हुन नसकेको अवस्थामा त्यस्तो सापटी वा निक्षेपको साँवा तथा ब्याज असुल उपर गर्ने प्रयोजनको लागि सापटी वा निक्षेप लिने सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा खरिद गर्न इच्छुक सापटी दिने वा निक्षेप राख्ने बैंक वा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको सहमतिमा यस बैंकको पूर्व स्वीकृति लिई देहायका प्रक्रिया अवलम्बन गरी कर्जा खरिद गर्न सक्ने छः

(क)

(ख)

(ग)

कर्जा खरिद गर्दा कुल असुल उपर गर्न बाँकी साँवा तथा ब्याज रकमको दोब्बर भन्दा कम नहुने गरी कर्जा खरिद गर्नु पर्नेछ ।

कर्जा खरिद गर्ने र कर्जा बिक्री गर्ने संस्था बीच आपसी समझदारीमा यथास्थितिमा कर्जा खरिद तथा बिक्री गर्नु पर्नेछ ।

कर्जा खरिद गर्दा आंशिक भुक्तानी गर्ने गरी कुनै किसिमले कर्जा खरिद गर्न पाइने छैन। १५. वित्तीय जमानतको आधारमा कर्जा दिन तथा निक्षेप स्वीकार गर्न नपाउने सम्बन्धी व्यवस्था

स्वदेशमा स्थापना भई सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले जारी गरेको वित्तीय जमानत (Financial Guarantee) का आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले कर्जा / सुविधा दिन तथा निक्षेप स्वीकार गर्न पाउने छैन । तर, “ख” तथा “ग” वर्गका वित्तीय संस्थाको जमानतमा वाणिज्य बैंकले जमानत तथा प्रतितपत्र जारी गर्न बाधा पर्ने छैन ।

१६. निक्षेप राख्न तथा कर्जाको कारोबार गर्ने सम्बन्धमा

(१)

(२)

(३)

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुन बमोजिम बचत परिचालन तथा कर्जाको कारोबार गरिरहेका संस्थामा निक्षेप राख्न तथा कर्जाको कारोबार गर्न पाइने छैन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुन बमोजिम बचत परिचालन तथा कर्जाको कारोबार गरिरहेका संस्थाले यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न र निक्षेप रसिदको धितोमा कर्जा लिन उपर्युक्त उपबुँदा १ को व्यवस्थाले बाधा पुग्नेछैन । तर, यसरी निक्षेप रसिदको धितोमा कर्जा दिंदा जुन बैंक / वित्तीय संस्थामा निक्षेप राखेको हो सोही बैंक/वित्तीय संस्थाबाट मात्र त्यस्तो कर्जा प्रदान गर्नु पर्नेछ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेप रसिद र सरकारी सुरक्षणपत्रको धितोमा कर्जा प्रवाह गर्दा अंकित ब्याजदर ( Coupon Rate) भन्दा कम ब्याजदर नहुने गरी संस्थाको कर्जा नीति निर्देशिकाको परिधिभित्र रहेर कर्जा / सापट उपलब्ध गराउन सक्नेछन् ।

१७. Margin Lending प्रकृतिको सेयर सुरक्षण राखी प्रवाह हुने कर्जाका सम्बन्धमा

(क) धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाका सम्बन्धमा देहायका शर्त पालना गरेर मात्र सो अनुसारको कर्जा प्रदान गर्न सकिनेछ ।

(१)

(२)

धितोको रुपमा राखिने शेयरको खण्ड (२) बमोजिम मूल्यांकन गरी रोक्का गरे पश्चात मात्र यस्तो कर्जा प्रवाह गर्नुपर्नेछ ।


Comments